माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने 

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको असोज ६ गते बसेको संचालक समितिले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत  १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६ सय ३२ लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपंैया संचित छ ।

footwear zone

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहकमा सम्पुर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

You might also like

Comments are closed.