तिहारका लागि चाहिने सम्पुर्ण सामाग्री तिहार मेलामा

 

पोखरा, १६ कात्तिक ।

तिहारका लागि चाहिने सामाग्रीका लागि अब बजार बजार डुल्न नपर्ने भएको छ ।

footwear zone

नेवा मिसा पुच कास्कीको संयोजनमा तिहारलाई लक्षित गर्दै तिहारमा चाहिने
सम्पुर्ण सामाग्री पाइने गरि स्वन्तीः नखः तिहार मेला गर्न लागिएको हो

मेला कात्तिक १७ गते शनिबार नयांबजार स्थित ब्लुसिनपल युनिसेक्स सैलुनको
प्राङ्गणमा हुने नेवा मिसा पुच कास्कीका उपाध्यक्ष संगीता बज्राचार्यले बताईन् ।

मेलामा तिहारमा चाहिने फूलदेखि टिका, जजन्का, आँखे, लाभा, माला, हाँसको
अण्डा, माछा, टोपी तथा थरीथरीका रोटी पाइने छ । लक्ष्मी पुजाका लागि चाहिने
सम्पुर्ण सामान पनि मेलामा पाइने छ । टसी, भोगटे, बयर, मसिपौ, बयर,
कटुस, अमला लगायतका सामाग्री पनि पाइने बज्राचार्यले बताईन् ।

You might also like

Comments are closed.