छोटो समयमै नेबिको ‘कमब्याक’, उत्पादन क्षमता अझै बढ्ने

काठमाडौं । काठमाडौंको बालाजूमा रहेको नेबिको प्रा.लि. नेपालको कारखानामा गत साउन २३ गते भिषण आगलागी भयो । आगलागीबाट भौतिक संरचनाको पूर्ण क्षति भयो । आगलागी भएको डेढ महिनामा नै नेबिको ‘कमब्याक’ भएको छ । प्रा.लि.ले बुधबारबाट पुनः उत्पादन सुरु गरेको छ ।

नेबिको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी हो । सन् १९६४ देखि नेपाली बजारमा आफ्नो वेग्लै पहिचान बनाउन सफल भएको नेबिकोको नेपालको हरेक कुना काप्चामा आफ्नो उत्पादनहरु उपलव्ध छन् । बिस्कुट, कुकिज, कन्फेक्सनरीज र ब्रेकफास्ट सेरिल्स गरि अहिले कम्पनीले ४ वटा युनिटहरु संचालन गरिरहेको छ ।

‘गत साउन २३ गते शनिबार बिहान भएको भिषण आगलागीले नेबिकोलाई पूर्ण क्षतिको अवस्थामा पुर्याएको थियो । धेरै भौतिक क्षति भएपनि मानवीय क्षति भएको थिएन,’ प्रालिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सो घटनाले नेबिको परिवार निकै नै मर्माहत भएको र तत्कालीन अवस्थामा हाम्रा सम्पूर्ण शुभेच्छुकहरुको सहयोग र सद्भावले हाम्रो मनोवल निकै नै उच्च बनायो ।

footwear zone

आगलागी भएको ४४ दिन पछि सुरु भएको उत्पादन, पहिलाको उत्पादन क्षमताको ६० देखि ७० प्रतिशत हुन आउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘केहि महिना पश्चात पहिलाको भन्दा पनि क्षमता निकै नै वृद्धि गरेर बजारमा अझ शक्तिशाली भएर आउने अठोट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विषम परिस्थितिबाट कसरी माथि उठ्ने भन्ने अन्यौलका बीच कहिल्यै पनि विचलित नभई काममा केन्द्रित भएको प्रा.लि.ले जनाएको छ । ‘कसरी छिटो संचालन गर्न सकिन्छ भन्नेमा सम्पूर्ण नेबिको परिवार केन्द्रित रह्यो र आज असोज ६ गतेका दिन हामीलाई यो अवसर प्राप्त भयो कि हामीलाई पुनः सञ्चालनको सन्देश दिने मौका पायौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आजबाट हामी संचालनमा आएका छौं र फेरि बजारमा पुरानै स्वरुपमा फर्कने विश्वास दिलाउन चाहान्छौं । केहि दिन पश्चात हाम्रा उत्पादनहरु बजारमा सर्वत्र उपलव्ध हुनेछन् र पहिला भन्दा अझ परिस्कृत ढंगले हामी बजारमा आउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

You might also like

Comments are closed.