औषधि पसलका सञ्चालक पक्राउ

 

दाङ ।

अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

footwear zone

सुनारले अवैध लागुऔषध बिक्रीवितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो । निजको साथबाट प्रहरीले रु एक लाख १६ हजार ८५० नगद, प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट, एन्टिटीसिभ ट्याब्लेट, एन्टीकोफ ट्याब्लेटलगायत विभिन्न कम्पनीका तीन हजार ४९० वटा लागुऔषध ट्याब्लेट र छ वटा मोबाइल बरामद गरेको पनि तुलसीपुर प्रहरी प्रमुख अर्यालले जानकारी दिए । पक्राउ परेका सुनारविरुद्ध आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.