पोखरा गुडविल र हिमालयन देउराली रिसोर्टले ल्यायो ‘भ्याकेसन एट पोखरा’ प्याकेज

पोखरा । पोखराको लेकसाइडमा रहेको होटल पोखरा गुडविल र कास्कीको नौडाडामा रहेको हिमालयन देउराली रिसोर्टले ‘भ्याकेसन एट पोखरा’ प्याकेज ल्याएको छ । दसैं, तिहार तथा छठ बिदामा आन्तरिक पर्यटकलाई लक्षित गरी सस्ता दरमा प्याकेज ल्याइएको सञ्चालक बिन्दा रायमाझीले जानकारी दिइन् ।

पर्यटकको रोजाई अनुसार होटल पोखरा गुडविल वा हिमालयन देउराली रिसोर्टमा जहाँ बस्नपनि सकिन्छ । यो २ रात ३ दिनको प्याकेज हो । यो प्याकेजमा सहभागी हुन प्रति व्यक्ति ९ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ । प्याकेजभित्र ब्रेकफास्ट, लन्च, डिनर र एक रात कक्टेल डिनर समावेश गरिएको छ । बिबिक्यु, क्याम्पफायर र म्युजिकको मज्जासमेत लिन सकिन्छ,’ उनले भनिन् । यो प्याकेजमा होटल बुकिङ गर्ने पर्यटकलाई पोखरा घुमाई सस्तो पर्ने रायमाझीको विश्वास छ ।

होटल बुकिङ गर्नका लागि मोबाइल नं. 9856000618 मा सिधा फोन गर्न सकिने बताइएको छ ।

footwear zone

यी दुवै होटल कास्कीका सुविधा सम्पन्न होटलमा पर्छन् । गुडविल पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडस्थित हल्लनचोक नजिकै छ । होटलबाट फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ । हिमालय देउराली रिसोर्टबाट लामो रेन्जमा हिमालय शृङखलाको दृश्य, सनराइज र सनसेट तथा हरियाली प्राकृतिक सुन्दरताको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।

You might also like

Comments are closed.