मिसियोले ल्यायो ‘समर क्लियरेन्स सेल’ अफर, यसरी पाइन्छ ७०% छुट

काठमाडौं । मिसियो नेपालले ‘समर क्लियरेन्स सेल’ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँमा लागु हुने गरी कम्पनीले यो अफर ल्याएको हो ।

सेप्टेम्बर १५ बाट सुरु यो अफर सेप्टेम्बर ३० सम्म जारी रहने बताइएको छ । अफर अन्तर्गत ग्राहकले मिसियोको एउटा जुनसुकै कपडा खरिद गर्दा अर्को कपडामा ७० प्रतिशत छुट प्राप्त गर्नसक्नेछन् । यो अफर अवधिभर मिसियो शोरुममा सपिङ गर्ने ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

यसैबीच, मिसियो नेपालले ल्याएको ‘चेक इन एण्ड विन’ अफर पनि जारी छ । मिसियोको शोरुममा पुगेर कुनै पनि ग्राहकले फेसबुक वा इन्स्ट्राग्राममा फोटो पोस्ट गरेर चेक इन गर्न सक्छन् । दिनभरमा चेकइन गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्रका आधारमा कम्पनीले बिजेता घोषणा गर्नेछ । चेकइनमा बिजेता भएका ग्राहकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

footwear zone

चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.