माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । अफर यहि असोज ८ गते देखी १७ गते सम्म लागु बताइएको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन् ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नेछन् । अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ,पोलोरोइड क्यामरा,विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु , फुडमाण्डुबाट गिफ्ट भौचर,  भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायतका उपहार रहेको बैंकले जनाउको छ ।

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजार रुपैयाँसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र Jeeve sathi  को तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । Kratos Technology को तर्फबाट विभिन्न ग्याजेटहरु र Daraz बाट खरिद गर्दा रु ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।

footwear zone

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन् । बैंक असोज १७ गते २१ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गर्दै छ ।

 

 

 

 

 

You might also like

Comments are closed.