नाडाको स्थगित अधिवेशन मंसिरमा

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल डिलर्स एसोसिएसनको अधिवेशन मंसिर २२ र २३ गते हुने भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा आज शुक्रबार बसेको बैठकले मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

यस अगाडि भदौ २५ गते निर्वाचन गर्ने गरी कार्यक्रम सार्वजनिक भएपनि कोरोना जोखिमका कारण स्थगित गरिएको थियो । निर्वाचनका लागि अध्यक्षमा अटो व्यवसायी ध्रुव थापा र करण चौधरीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नाडामा यस वर्ष अहिलेसम्मकै सर्वाधिकत सदस्यहरु आबद्ध भएका छन् । नाडामा ३ हजार ३ सय ६५ जना सदस्य आबद्ध भएका छन् । कुल सदस्य मध्ये २ हजार ४ सय भन्दा बढी नयाँ सदस्य नाडामा आबद्ध भएका छन् । नाडाको इतिहासमै पहिलोपटक यति धेरै सदस्यता वृद्धि भएको नाडाले जनाएको छ ।

footwear zone

You might also like

Comments are closed.