जिल्ला प्रशासन र लेखनाथ मालपोतमा एनआइसी एसिया

आर्थिक आवाज
पोखरा, १८ कात्तिक ।

निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले सेवा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा बैंकले आइतबार कास्कीमा दुई वटा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र मालपोत कार्यालय लेखनाथमा एक्स्टेन्सन काउन्टर विस्तार गरिएको क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए । दुवै कार्यालयबाट बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने शर्माले बताए ।

footwear zone

सबै भन्दा धेरै शाखा सञ्जाल भएको बैंकले आम नेपाली जनताबीच बैंकिङ पहुँच पु¥याउन सफल भइरहेको शर्माको भनाइ छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आइरहेको क्षेत्रीय प्रवन्धक शर्मा बताउँछन् ।

मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २८ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको एनआइसी एशिया बैंकको वासलतको आकार १९९ अर्ब रुपैयाँ भन्दा बढी छ । कुल निक्षेप करिब १६७ अर्ब रुपैयाँ तथा कर्जा १३८ अर्ब रुपैयाँ पुगेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको शर्माले जानकारी दिए । कास्कीमा मात्र बैंकका शाखा ११ वटा पुगेका छन् भने ३ वटा एक्स्टेन्सन काउन्टर छन् ।

You might also like

Comments are closed.