सातै प्रदेशमा नाडाको प्रदेश स्तरीय एसोसिएसन, देशभर ट्राफिक सचेतना अभियान

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एसोसिएसन गठन गरेको छ । नाडाको बर्तमान कार्यसमितिले सबै प्रदेशमा एसोसिएसन विस्तार गर्न सफल भएको नाडाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नाडाले ट्राफिक जनचेतना कार्यक्रमलाई देशव्यापी बनाउने भएको छ । यसका लागि नाडाका ७ वटा प्रदेशस्तरीय एसोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत जनचेतनामूलक स्टिकर र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरिसकिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्नेछन् । नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

footwear zone

यसैबीच, नाडाको ४५ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मसिंर २२ र २३ गते होटेल सोल्टीमा हुने भएको छ । नाडाका अध्यक्ष दुलालको अध्यक्षतामा शुक्रबार होटेल सोल्टीमा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाको निर्वाचन यस अगाडि भदौ २५ गते गर्ने भनिएपछि कोरोना जोखिमका कारण स्थगित भएको थियो ।

You might also like

Comments are closed.