पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको अध्यक्षमा रामबहादुर बि.क. निर्वाचित भएका छन् । शनिबार सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
संघको प्रथम उपाध्यक्षमा भरत बि.क., द्वितीय उपाध्यक्षमा मनबहादुर बि.क., सचिवमा ईश्वरबहादुर बि.क., सहसचिवमा दीपेश सुनार, कोषाध्यक्षमा सुरेन्द्र बि.क. र सहकोषाध्यक्षमा नबराज सुनार छन् ।
सदस्यमा रमेश बि.क, नरेश बि.क, अर्जुन कुमार सुनार र समिर बराल सुनार रहेका छन् । गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव किसान सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।






Comments are closed.