‘रेनोको शुभ कार-रम्भ’ योजना, रेनो खरिदमा ३ लाखसम्मको लाभ

काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनो शुभ कार–रम्भ’ को शुरुवात गरेको छ । ट्यागलाइन ‘चाडपर्वको शुभ शुरुवात, गरौ रेनोको साथ’सँगै भन्ने योजनासहित रेनोले दशैं–तिहार २०७८ को अवसरमा अफर ल्याएको हो अफर अन्तर्गत ग्राहकले थुपै्र लाभ लिन सक्नेछन् ।

रेनो गाडीको खरिदमा ग्राहकले नगद रु ३ लाखसम्मको कुल फाइदा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुने कम्पनीले जनाएको छ ।

‘यी आकर्षक अफरहरु ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुने छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘किनकि यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउन सक्दछन् ।‘ यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

footwear zone

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।

You might also like

Comments are closed.