पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)ले ट्राफिक सचेतना कार्यक्रम अगाडि बढाएको छ । संस्थाले आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई ट्राफिक सिग्नल ज्याकेट, ट्राफिक सचेतता स्टिकर, माक्र्स सामग्री हस्तान्तरण गरेको छ ।
वाडाका अध्यक्ष मोहनबाबु खड्का, नाडा केन्द्रीय सदस्य ध्रबबहादुर थापा, पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गोकर्ण कार्कीले संयुक्त रुपमा सहयोग सामग्री जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख अमृत बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजना तथा वाडाको सहकार्यमा यात्रु सहायता कक्षको (हेल्प डेक्स) उद्घाटन गरिएको छ ।

चाडपर्वमा घरमा जाने यात्रु नठगिउन भन्ने लक्ष्यसहित हेल्प डेक्स स्थापना गरिएको हो । यात्रुलाई माक्र्स वितरण, सवारीहरुमा ट्राफिक सचेतता स्टिकर टास्ने तथा वितरण गर्ने कामसमेत भएको वाडा अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।





Comments are closed.