काठमाडौं । बयालीसौं विश्व पर्यटन दिवसको अवसरमा सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति र संघसंस्थाहरुलाई सम्मान गर्ने क्रममा एड्भेन्चर स्पोर्ट्सलाई पनि समेटेको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा एड्भेन्चर स्पोर्ट्स तर्फ द क्लिफ प्रालिकातर्फबाट अध्यक्ष राजु कार्की र वल्ड बाइड एड्भेन्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका छन् ।
द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बिश्वकै अग्लो स्वीङ र बिश्वकै दोश्रो अग्लो बन्जी लगायत स्काइ साइक्लीङ, स्काइ चेयर, जर्ब बल, हाइ रोप स्टेसन जस्ता सहासिक खेल सन्चालन गरिरहेको छ । २०७३ सालदेखी निर्माण सुरु गरिएको रिसोर्ट र एड्भेन्चर गतिविधि २०७७ कर्तिक १५ देखि सन्चालनमा आएको थियो ।

वल्ड वाइड एड्भेन्चरले धुलिखेल जिपलाइन नाममा थाक्लेडाँडा धुलिखेल देखि खावा, पाँचखाल सम्म नेपालकै पहिलो सुपरम्यान जिपलाइन संचालन गरिरहेको छ । ७० किलोमीटर प्रति घण्टाको औसत गति रहेको जिपलाइनमा व्यक्तिको तौल, हावाको गति र दिशा अनुसार औसत समय १ मिनेट २० सेकण्ड लाग्छ । धुलिखेल जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो ।
२०१९ फेब्रुअरी १४ देखि ब्यवसायिक सन्चालनमा आएको जिपलाइनमा हाल ८ कोठा सहित सुबिधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ । ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको रेस्टुरेन्ट) पनि बनाइएको छ भने खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा करीब करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क निर्माण गरिएको छ ।




Comments are closed.