भौतिक पूर्वाधार विकास कार्यालयले बनायो १६५ किलोमिटर सडक

जाजरकोट । भौतिक पूर्वाधार विकास कार्यालयले जिल्लामा १६५ किलोमिटर सडक निर्माण गरेको छ । जिल्लाका रणनीतिक सडकलाई निर्माण कार्य जारी राखेको पूर्वाधार कार्यालयले यस आर्थिक वर्षमा निरन्तरता दिनेछ । कच्ची कडान गरी हलुका साधन संचालनसमेत भइरहेका पूर्वाधार कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए ।

उनका अनुसार कचाली–गुराँसे–धरमपोखरा सडक निर्माण कार्य जारी छ । पश्चिम जाजरकोटको महत्वपूर्ण सडकका रुपमा रहेको छिन्चु–जाजरकोट सडकखण्डसँग जोडिएको मोर्क– स्यापी–सिस्ने–नेपा हुँदै कचाली जोड्ने सडकको कामसमेत जारी छ । आन्तरिक सडकमध्ये लिर्ता–कार्कीगाउँ–मछाइना सडकको निर्माण चलिरहेको प्रमुख कार्कीले बताए ।

त्यस्तै आन्तरिक सडकमध्येकै साइलेख साँघु–रावतगाउँ–ध्यारगाउँ सडकसमेत निर्माणको चरणमै रहेको उनले जानकारी दिए । जिल्लाको सबैभन्दा रणनीतिक सडकमध्ये रहेको र जुम्लासँग जोड्न निर्माण थालिएको पाँचकाटिया–फुल्चाउली– कयाल्दापाखा–बारेकोट–चाखुरे–जुम्ला सडकको निर्माण कार्य जारी छ । कच्ची कटान भएका सडकमा अहिले हलुका सवारी साधनसमेत सञ्चालनमा छन् ।

footwear zone

त्यस्तै जुम्ला जोड्नका लागि अर्को सडक जाजरकोट–कुशे–चाल्ना–व्याउली–जुम्ला सडकको समेत काम चालू अवस्थामा छ । पर्यटकीयस्थल पाँचकाटिया हँुदै पिउली–नेटीलेक सडडको कच्ची कटान भइरहेको छ । प्रदेशले जिम्मा लिएका सडकमा काम भारीमात्रामा भइरहेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताए ।

“जिल्लाका पर्यटकीय तथा धार्मिकस्थल हुँदै सबै गाउँमा विनाप्रभाव सडक लिने हाम्रो योजना हो”, प्रदेशसभा सदस्य सिंहले भने, “त्यो काम यस वर्षसमेत जारी रहन्छ, गाउँ तथा बस्तीमा सडक नलिइ अन्यत्रबाट मोड्दा गाउँका कृषकले दुःख पाउने छन्, हामीले उत्पादन गरेका सामग्रीलाई बजारसम्म लैजान पनि गाउँमा सडक पु¥याउनुपर्ने बाध्यता छ ।”

त्यस्तै स्थानीय तहलेसमेत सडक निर्माणलाई महत्व दिँदै आएका छन् । हामीले सबै पालिकामा सडक कति निर्माण भयो भनि सोधेको प्रश्नमा नलगाड नगरपालिकाबाहेक अन्य स्थानीय तहले विवरण दिन सकेका छैनन् । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सडक सफा तथा मर्मत ६७ किलोमिटर र सडकको नयाँ ट्र्याक खुला २६ किलोमिटर रहेको सव इञ्जिनीयर जनक खड्काले बताए ।

You might also like

Comments are closed.