मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आगन्तुक रिर्सोटमा विशेष छुट  

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.का भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले आगन्तुक रिर्सोट प्रा.लि.का सेवामा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धी सम्झौतामा बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ र रिसोर्टका महाप्रवन्धक अन्जन बगालेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिर्सोटमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

footwear zone

मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.