यामाहाको बिएस६ भर्सनको एमटी–१५ बाइक नेपाली बजारमा सार्वजनिक

काठमाडौं । यामाहाको नयाँ बाइक नेपाली बजारमा सार्बजनिक भएको छ । यामाहाका लागि नेपालको एकमात्र आधिकारिक बितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले भृकुटी मण्डपमा जारी यामाहा एक्स्चेन्ज मेलाका अवसरमा शुक्रबार बिएस६ भर्सनको एमटी–१५ बाइक सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको बहुप्रतिक्षित यो बाइक नेपाली बजारमा निकै लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । देशभरका शोरुममा बाइक बिक्री तथा टेष्ट ड्राइभका लागि उपलब्ध रहेको बताइएको छ । भृकुटी मण्डपमा जारी मेलामा पनि बाइक बिक्रीका लागि राखिएको छ । सोमबार मात्रै झण्डै २ सय वटा बाइक बुकिङ भएको छ । केही ग्राहकलाई प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले सोमबार नै चावी समेत हस्तान्तरण गरेका छन् ।

बजेटपछि बाइकको मूल्य बढेपछि मेला अवधिभर पुरानै मूल्यमा ग्राहकले बाइक खरिद गर्न सक्ने क्षेत्रीले जानकारी दिए । सोमबार सार्वजनिक भएको बिएस६ भर्सनको एमटी–१५ को मूल्य ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ पर्ने बताइएको छ । भृकुटी मण्डपमा जारी मेला पछि बाइकको मूल्य बढ्नेछ ।

footwear zone

१५५ सीसी क्षमताको यो बाइकमा लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन छ । यसले १८ दशमलव ५ पीएस पावर र १३ दशमलव ९ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।

यसैबीच मेलामा दर्शक तथा बाइक पारखीहरुको उपस्थिति बढ्दो रहेको कम्पनीले जनाएको छ । उपस्थित दर्शकहरु मध्येमबाट दैनिक रुपमा लक्की ड्रका आधारमा कम्पनीले सुनको सिक्का उपहार प्रदान गर्दै आइरहेकोछ ।

You might also like

Comments are closed.