काठमाडौं । रिज लाइन इनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । प्रभु क्यापिटल लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
नियुक्ति सम्बन्धी सम्झौतामा रिज लाइन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दीनेश थकालीले मंगलबार हस्ताक्षर गरेका छन् ।
कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने रु. २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।




Comments are closed.