काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने गरी अफर ल्याएको छ । बैंकले ‘पोइन्ट अफ सेल’ (पिओएस) को माध्यमबाट प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो ।
यो योजना २१ गतेदेखि कााित्तक २४ गतेसम्म लागु हुने बैंकले जनाएको छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्विप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ ।
यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५ सय रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत क्यास ब्याक वा ७ सय ५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १ हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।

बैंकको हाल सातै प्रदेशका ७७ जिल्लामा २ सय ४८ वटा शाखा कार्यालय, २ सय १६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.