काठमाडौं । जगदम्बा मोटर्स अन्तर्गतको युनिराइड अटो महालक्ष्मीस्थान ललितपुरमा प्राइभेट ग्यारेज मेकानिक्स (पिजिएम) ट्रेनिङ सम्पन्न भएको छ । युनिराइडको सर्भिस सेन्टरमा मंगलबार आयोजित ट्रेनिङमा ५० भन्दा बढी वर्कसपका प्रतिनिधिहरुको सहभागिता रहेको युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले जानकारी दिए ।
सो अवसरमा ट्राफिक सचेतना कार्यक्रम पनि समावेश गरिएको थियो । ललितपुर ट्राफिक प्रमुख नरेश शाहीले ट्राफिक सचेतनासँग सम्बन्धित प्रशिक्षण प्रदान गरेका थिए । ‘वर्कसप सञ्चालकहरु ट्राफिक नीति तथा नियमका बारेमा जानकार हुनुपर्छ,’ उनले भने, ‘ट्राफिक नियमलाई पूर्ण रुपमा पालना गर्नुपर्ने सम्पूर्ण नागरिकको दायित्व हो ।’
त्यसैगरी बाइकको एफआई प्रविधिका बारेमा जगदम्बा मोटर्सका सर्भिस म्यानेजर श्याम महर्जन र सेल्स रिजनल अफिसर सुजित खड्काले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले ललितपुर क्षेत्रका अटो वर्कसपसँग सहकार्य गर्ने र आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा बोल्दै श्री नेपाल अटोमेकानिक व्यवसायी संघका अध्यक्ष राजकुमार बिकले ट्रेनिङ उपलब्धीमूलक रहेको बताए ।

‘कार्यक्रममा उत्साहप्रद सहभागिता रह्यो,’ उनले भने, ‘लक्ष्य अनुसार कार्यक्रम सफल भएको छ । आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्नेछौं ।’





Comments are closed.