भवन निर्माण सुरुभएको १ वर्षपछि काठको अनुमति

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन निर्माणको काम २०७७ असोज ९ गते बाट सुरु भएको हो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाले भवन निर्माणको शिलान्यास गरेका थिए । तर भवन निर्माणमा चाहिने काठको लागि भने २०७८ भदौ २१ गतेको मन्त्रिपरिषद् निर्णयबाट अनुमति प्राप्त भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताए।

छाङ्गरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी भवन निर्माण सुरु गरिएको थियो । एक वर्षभित्र निर्माण सक्ने गरी कुल रु १० करोड लागतमा ठेक्का सम्झौता भएको एक वर्षपछि मात्रै काठको अनुमति पाउँदा निर्माणको कार्य पनि ढिलाई भएको छ । निर्माण व्यवसायीले काठको अनुमतिबिनै भूइँतला निर्माण गरेको छ । वन तथा वातावरण मन्त्रालयले छाङ्गरुस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवन निर्माणको लागि संरक्षित सामुदायिक वनबाट बार्षिक कार्ययोजना अनुसार काठ उपलब्ध गराउन अपि नाम्पा संरक्षण क्षेत्रले सहजीकरण गर्न भनेको छ ।

footwear zone

सामुदायिक वनले वार्षिक एक हजार ५०० क्यूफिट काठ वार्षिक रुपमा समुदायलाई उपलब्ध गराउन सक्ने कार्ययोजना छ । सामुदायिक वनले भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवन निर्माणको लागि काठ उपलब्ध गराउन नसकिने प्रष्ट्याएको छ । मन्त्रालयले सामुदायिक वनबाट काठ उपलब्ध हुन नसक्ने अवस्था भएमा सरकारी वनमा रहेका सुकेका, ढलापडा, रोग लागेका, मृत अद्र्यमृत रुख एकीन गरी वन्यजन्तु र जैविक विविधतामा असर नपग्ने सुनिश्चितता मिलाएर रुख कटान गरी गोलिया काठ सङ्कलन गर्न सकिने उल्लेख गरेको छ ।

छाङ्गरुस्थित सशस्त्र प्रहरी भवन निर्माणको लागि पाँच हजार क्यूफिट र नेपाल प्रहरीको सीता पुल प्रहरी चौकी निर्माणको लागि तीन हजार ५०० क्यूफिट काठ आवश्यकपर्ने बताइएको छ ।

You might also like

Comments are closed.