थप १ हजार ७८ जनामा कोरोना संक्रमण    

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ७६५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार १६८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन् । पछिल्लो २४ घण्टामा ९११ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार ७५८ पुगेको छ । नेपालमा कोरोनाबाट निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १३५ जनाको निधन भइसकेको छ । हाल देशभर ३५३ संक्रमित सघन उपचार कक्ष (आइसीयु)मा, ११७ भेन्टिलेटरमा, १६ हजार ८०२ होम आइसोलेसनमा, एक हजार ३६६ संस्थागत आइसोलेसनमा तथा २३८ संक्रमित क्वारेन्टिनमा छन् ।

footwear zone

आज दुई लाख ८९ हजार ३८१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ५६ हजार ३८४ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण मात्रा लगाएका मन्त्रालयले जनाएको छ ।

 

You might also like

Comments are closed.