पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम शुरु भएको छ ।
सोहीअनुरुप असोज १४ गते बिहिबार बिरेठाँटी–दाङसिङ÷मोहोरिया–टाडापानी –धान्दु्रक सम्मको पदमार्ग मर्मतसंम्भार तथा सरसफाई कार्यक्रमका लागी २१ जना पदयात्रा मजदुरहरुलाई संलग्न गराई कार्यक्रम शुरु गरियो ।
आजैबाट काँडे–अष्ट्रेलियनक्याम्प–पोथना–धम्पुष–अस्ताम–मेलबोट हाईकिङ क्षेत्र सरसफाई र मर्मतसम्भारका लागी १६ जना पदयात्रा मजदुरहरुलाई संलग्न गराई कार्यक्रम शुरुवात गरियो । दुबै रुटमा मजदुरहरुले १० दिन काम गर्नेछन् ।






Comments are closed.