१ हजार ६६ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ३६८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १८ हजार ११५ जना पुगेको छ ।

नेपालमा संक्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र २०० भन्दाबढी संक्रमित भएका जिल्ला १९ छन् । सो अवधिमा ९३८ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६९६ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मत्यु भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १४८ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३५४ सघन उपचार कक्ष (आइसीयू), ११६ भेन्टिलेटर, १६ हजार ८८१ होम आइसोलेशन, एक हजार २३४ संस्थागत आइसोलेशन र २४२ जना क्वारेन्टिनमा रहेका छन् ।

footwear zone

आज दुई लाख १७ हजार ३९१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७६ लाख ३१ हजार १८८ जनाले पहिलो मात्रा र ६३ लाख २८ हजार ३२७ पूर्णमात्राको खोप लगाएका छन् ।

You might also like

Comments are closed.