काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिएको यामाहा एक्स्चेन्ज मेला शुक्रबार सम्पन्न भएको छ ।
यामाहाको बाइक तथा स्कुटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले आयोजना गरेको मेलामा २ हजार बाइक तथा स्कुटर बिक्री भएको प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले जानकारी दिए । मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको उनले बताए । मेलामा सहभागी भएर टेष्ट ड्राइभ गर्ने दर्शकहरु मध्येबाट लक्की ड्रका माध्यमबाट दिनमा १ जनाले सुनको सिक्का उपहार प्राप्त गरेका थिए । ८ जनाले सुनको सिक्का उपहार पाए ।
असोज ८ गतेबाट शुरु भएको मेला १५ गते शुक्रबारसम्म चलेको हो । मेलामा युवाहरुको आकर्षण देखिएको थियो । ‘ मेलामा दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने, । अन्य ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गरेर नयाँ यामाहा चढ्नेहरुको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

मेलामा यामाहाको बिएस६ भर्सनको एमटी–१५ बाइक सार्वजनिक गरिएको थियो । मेलामा सहभागी सम्पूर्णप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।




Comments are closed.