चितवन । चितवन अटोमोवाइल्स एसोसिएनले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई स्वास्थ्य तथा ट्राफिक सचेतना सामग्री हस्तानान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय संस्था नाडाको सहकार्यमा सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सुरज शाक्यले जानकारी दिए ।
संस्थाका अध्यक्ष अमृत जोशीले कार्यालय प्रमुखलाई सामग्री हस्तानान्तरण गरेका हुन् । संस्थाका सचिव राजेन्द्र भट्टराईले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष तथा अटोमोवाइल्स साकोसका अध्यक्ष भिमलाल न्युरे, कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।






Comments are closed.