काठमाडौं ।
प्रभु क्यापिटलको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १६ गते छायाँ सेन्टर ठमेलमा अवस्थित होटल एलोफ्टमा सम्पन्न साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।
यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिंङ कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंङ अन्तर्गत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।






Comments are closed.