पोखरा । होटल क्राउन हिमालयज पोखरा १२औं वर्ष प्रवेश गरेको छ । पोखराको लेकसाइड गौरीघाटस्थित स्ट्रिट नम्बर ६ मा रहेको होटल क्राउन हिमालयजले आइतबार ११औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा सम्पूर्ण पाहुना, कर्मचारी, शुभेच्छुकहरुमा आाभर तथा शुभकामना व्यक्त गरेको छ ।
होटल क्राउन हिमालयज सन् २०१० बाट शुरु भएको हो । स्वदेशी तथा विदेशी दुवै पर्यटक होटलमा आकर्षित हुने गरेको सञ्चालक आग्रह अर्याल बताउँछन् । ‘हामीले दुवै खालका पर्यटकलाई उच्च प्राथमिकता दिएर सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘पूर्ण पारिवारिक वातावरणमा पर्यटकलाई स्वागत सत्कार गर्छौं ।’

होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुमहरु छन् ।




Comments are closed.