साथीमार्टको मोवाइल एप गुगल प्ले स्टोरमा उपलब्ध

काठमाडौं । ओ टु ओ (अनलाइन टु अफलाइन) सुबिधा भएको नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टको गुगल प्ले स्टोरमा मोवाइल एप उपलब्ध भएको छ ।

हाल काठमाडौं उपत्यककाको लागि मात्र उपलब्ध मोबाइल एपमार्फत सपिङ गर्ने सुबिधा छिट्टै नेपालभरकालागी उपलब्ध हुने बताइएको छ ।

एपबाट सपिङ गर्दा ३५ प्रतिशत सम्म छुट पाउन सकिने छ र निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

footwear zone

अनलाइन पेमेन्ट गेटवेहरु सँग मिलेर आर्कषक अपरहरु ल्याएर ग्राहकलाई सस्तो तथा गुणस्तरिय सामान उपलब्ध गराउने बताइएको छ ।

साथीमार्टको एप डाउनलोड गरेर मेम्वरसिप लिन सकिने र थप छुटका साथै लोयल्टी पोइन्ट पाउन सकिने तथा आकर्षक उपहारहरु पनि जित्न सकिने बताइएको छ ।

हाल एन्ड्रोइडमा मात्र उपलब्ध एप आइओएस पनि छिट्टै उपलब्ध हुने बताइएको छ । साथै साथीमार्टले छिट्टै एफिलिएट मार्केटिङ सुरु गर्ने तयारी गरिरहेको पोख्रेलले जानकारी दिए ।

You might also like

Comments are closed.