काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले कर तथा राजश्व समिति गठन गरेका छ । कार्यसमिति सदस्य नानी राज घिमिरेको सभापतित्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।
आइतबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठले समितिको उपसभापतिमा कार्यसमिति सदस्य सदिश श्रेष्ठ तथा सदस्यहरूमा वसन्त श्रेष्ठ, विवेक तुलाचन, ग्यानेन्द्र दाहाल, गणेश प्रसाद न्यौपाने, नरेन्द्र गुप्ता, प्रेम हरी मैनाली, राजुलाल श्रेष्ठ, राजेश्वर लाल जोशी, रमन कायस्थ, सरोज कुमार श्रेष्ठ, सरोज थापा र सृजना श्रेष्ठलाई समितिमा स्वागत गर्दै मनोनयन पत्र वितरण गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र कर तथा राजश्व समितिबीच परिचयात्मक र कर तथा राजश्व सम्बन्धि छलफल कार्यक्रम समेत सम्पन्न भएको छ ।

नव गठित समितिले विविध महत्वपूर्ण विषयहरूमा निर्णयहरू गर्दै प्रथम बठक समेत सम्पन्न गरेको बताइएको छ ।




Comments are closed.