घारीपाटनमा शनिबार निशुल्क शिविर हुँदै

पोखरा, २९ कात्तिक । पोखरा १७ का विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब लगायतका संघ, संस्थाको आयोजनामा शनिबार पोखरा १७ घारीपाटनमा निशुल्क शिविर हुने भएको छ । शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण सित्तैमा हुनेछ ।

पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा हुने शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ ।

शिविरका आयोजकमा तीनकुने टोल विकास संस्था, प्रगति टोल विकास संस्था, राधाकृष्ण टोल विकास संस्था, घारीपाटन टोल विकास संस्था, प्रगतिनगर टोल विकास संस्था, घारीपाटन जागृति आमा समूह, घारीपाटन आमा समूह, सक्रिय दलित महिला समूह, अरुणोदय युथ क्लब र फेन्स क्लब छन् ।

footwear zone

सामाजिक उत्तरदायित्व वहन गर्दै टोल टोलमा निशुल्क शिविर गरी सर्वसाधारणसम्म सेवा र चेतना फैलाउन संस्था लागेको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

You might also like

Comments are closed.