पथहरीको बजारलाइनमा साथीमार्टको नयाँ आउटलेट सुरु भएको छ । रियल स्टेट र प्रिन्टिङ व्यवसायी रवि प्रसाद लिम्बुसँग साथीमार्ट इनकर्पोरेट प्रालिले फ्रेन्चाइजकोलागि सहकार्य गरेको बताइएको छ ।
म पहिले देखि नै मार्ट खोल्ने योजनामा थिएँ । साथीमार्टको कन्सेप्ट मन पर्यो । लिम्बू थप्छन् सफ्टवयरको लगायतको राम्रो सपोर्ट सिस्टम राम्रो छ भन्ने थाहा पाएर फ्रेन्चाइज लिएको हुँ । देशैभर अनलाइन सपिङ लन्च भएपछि अझै राम्रो हुन सक्छ भन्ने विश्वास छ । साथै एफिलिएट मार्केटिङ मार्फत सजिलै जोसुकैले आम्दानी गर्न सक्ने भएकोले पनि म आकर्षित भएको हुँ ।
आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा पोखरा, चितवन, बुटवलमा पनि यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बडेको छ ।




Comments are closed.