मिन मार्टको दसैं अफर, रु १ मा १ किलो खसीको मासु खरिदको अवसर

पोखरा । पोखराको सभागृहचोकमा रहेको मिन मार्टले दसैं अफर सार्वजनिक गरेको छ । असोज १९ गते मंगलबारबाट असोज २६ गते फुलपातीसम्म लागु हुने गरी मार्टले अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ५ हजार रुपैयाँ भन्दा बढीको सामान खरिदमा कुपन प्राप्त गर्नेछन् ।

कुपन प्राप्त ग्राहक मध्येबाट हरेक दिन लक्की ड्रका आधारमा १ जना बिजेता छनोट गरिने छ । छनोट भएका ग्राहकले एक रुपैयाँमा एक किलो खसीको मासु प्राप्त गर्नेछन् । फुलपातीसम्म लागुहुने अफरमा सहभागी भएर बिजेता बनेका ग्राहकले अष्टमीको दिन एक रुपैयाँमा एक किलो मासु खरिद गर्न सक्नेछन् ।

मिन मार्ट सभागृहचोकस्थित एसबिआई बैंकसँगै रहेको छ । यहाँ दैनिक उपभोग्य सम्पूर्ण सामग्री प्राप्त गर्न सकिन्छ । यस अगाडि मिनबहादुर शेरचन स्टोर्स रहेकै ठाउँमा थप परिस्कृत र परिमार्जनसहित मीन मार्ट सञ्चालनमा ल्याइएको हो । ५५ वर्षको व्यावसायिक अनुभव संगालेको समूहले मिन मार्ट सञ्चालनमा ल्याएको हो ।

footwear zone

दसैंलाई लक्षित गरी जमरा, चङगा, लट्टाई, मार्फाको अर्गानिक उत्पादन पनि मार्टमा बिक्री भइरहेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै समय समयमा यस्ता अफरहरु ल्याउने मार्टले प्रतिबद्धता गरेको छ ।

You might also like

Comments are closed.