कंगारु एजुकेशनको शैक्षिक मेला सुरु

आर्थिक आवाज
काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर ः अल नेपाल रोड शो बिहीबार सुरु भएको छ । पूर्व झापाको मुख्य शहर विर्तामोडबाट शुरु भएको हो ।

शैक्षिक मेलाको पहिलो दिन विर्तामोड क्षेत्रका ५ सय भन्दा धेरै विद्यार्थी र अभिभावक सहभागी भएको आयोजकको दावी छ । विर्तामोडस्थित फाउण्डेशनको कार्यालय परिषरमा भएको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शोमा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट विद्यार्थीले परामर्श लिएका छन् ।

मेलामा आएका विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, उता पुगेपछि हुने पढाई, काम गर्न पाउने अवधि, पाइने काम, हुने आम्दानी आदि जस्ता चासोका कुरा सम्बन्धित देशकै कलेज प्रतिनिधिहरुबाट बुझेका छन् ।

footwear zone

मेलामा सहभागी हुनेहरुलाई पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था गरिएको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।

विदेशमा अध्ययन गर्न चाहेर पनि सही सूचना र जानकारी नपाएर विद्यार्थी अलमलमा पर्न नपरोस भनेर आयोजना गरिएको रोड शो को पहिलो कार्यक्रम आफ्नो उद्देश्यमा सफल भएको उनल बताए ।

झापाबाट शुरु भएको उक्त मेला देशका मुख्य ५ शहरमा हुँदैछ । शुक्रबार र शनिबार हुने दोश्रो दिनको मेला काठमाडौंको पुतली सडकस्थित संस्थाकै परिसरमा हुनेछ । मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर शो समापन हुनेछ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिषरमा हुने बताइएको छ ।

You might also like

Comments are closed.