नबिल बैंकले ल्यायो ‘नबिल दसैं धमाका अफर’

काठमाडौं । नेपालीहरुको महानचाड दसैं को उपलक्ष्यमा नबिल बैंकले “नबिल दसैं धमाका अफर” ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन । नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०% छुट वा अधिकतम रु ३०० सम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिनदेखि लागु हुने छ ।

त्यस्तै किरानामा १५% छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने छ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम रु ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।

यस अफर मार्फत नबिल बैंकले ग्राहकमा दसैं को उपलक्ष्यमा नयां हर्र्ष ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्नेछन ।

footwear zone

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस  बैंकको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम्सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।

You might also like

Comments are closed.