मुक्तिनाथका ग्राहकलाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट  

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट प्रदान गर्ने गरी दुई पक्षबीच सम्झौता भएको छ ।

सम्झौतासँगै बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक–इन हाउस, फार्मेसी, प्रक्रियामा बैंकका ग्राहकले १० प्रतिशतसमम छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

footwear zone

मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.