माछापालनबाट मनग्य आम्दानी    

दीपक बोहरा/तुलसीपुर ।   तुलसीपर उपमहानगरपालिका– १० निवासी यादव भण्डारीले ‘भण्डारी माछापालन एण्ड कृषि फर्म’मार्फत आफ्नै जग्गामा व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् ।

उनले पालन गरेका माछा अहिले दाङका बजारमा निकै माग हुने गरेको छ । उहाँले सात वर्षदेखि एक बिघा क्षेत्रफलमा तीन पोखरी बनाएर माछापालन गरिरहेका छन् । यसबाट उनले वार्षिक रु १५ देखि २० लाखसम्म आम्दानी गरिरहेका छन् । “आफ्नै जग्गामा यसरी व्यावसायिक माछापालन गर्न थालेका सात वर्षभयो”,उनले भने,“यसबाट वार्षिक १५/२० लाख आम्दानी हुने गरेको छ ।” ग्रास, सिल्भर, कमन, राहु, नैनी जातका माछापालन गरिरहेका छन् । ती माछा जिल्लामा मात्रै होइन्, बाँके, बर्दिया, सल्यान र कैलालीसम्म पुग्ने गर्छन् ।

अहिले दाङ तथा आसपासका क्षेत्रमा माछाका भुरा पाइदैन । यसले गर्दा पनि टाढाबाट माछाका भुरा ल्याउनुपर्ने अवस्था छ । उनले चितवनबाट माछाका भुरा ल्याउने गर्छन्। उनले भने“ केही समयपछि आफै नै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु । ” आफ्नो थप जग्गामा पोखरी बनाएर माछाका भुरा उत्पादन गर्ने तयारी रहेको उनको भनाइ छ । “अहिले बाहिरी जिल्लाबाट माछाका भुरा ल्याउनुपर्छ”, उनले भने,“अब म दाङमै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु, यसले दाङ तथा आसपासका अन्य जिल्लालाई पनि सहज हुन्छ ।”

footwear zone

थारु समुदायको पहिचानको रुपमा रहेको घुँङी अहिले उनले पोखरीमा उत्पादन गर्ने गरेका छन् । यस वर्ष मात्रै करिब तीन क्विन्टल उत्पादन गरेर बिक्री वितरण गरिसकेको उनि बताँउछन् ।“हामीले माछासँगै घुँडी पनि उत्पादन गर्ने गरेका छौं”, उनले भने,“यसको माग पनि राम्रो छ ।”

उनको माछापोखरी किसानलाई परामर्श तथा विद्यार्थीको प्रयोगात्मक गर्ने थलो पनि बनेको छ । चितवनमा भेटनरी डाक्टर अध्ययन गरिरहेका उनि प्रयोगात्मकका लागि आएका विद्यार्थीलाई धेरै कुराको जानकारी दिने गर्छन् । बिभीएससी एण्ड एएच विद्यार्थी प्रायः त्यहाँ प्रयोगात्मकका लागि आउने गर्छन् ।

अहिले उनि ठाउँ–ठाउँ गएर तालिम पनि दिने गर्नुहुन्छ “कहिले चितवन, कहिले नवलपुर गएर किसानलाई तालिम दिने गरेको छु”, उनले भने, “समय व्यवस्थापन गरेर काम गरिरहेको छु ।” धेरै युवा बेरोजगार भएर भौतारिरहेका छन्, भने केही युवा आफ्नो उर्जावान समय अर्काको देशमा खेर फालिरहेका छन्, तर, भण्डारीले आफ्नै देशमा कुनै न कुनै पेशा गरेर मनग्य आम्दानी गर्न सकिन्छ, भन्ने हेतुले पढाइसँगसँगै यो पेशा गरेको बताए ।

उनले राप्ती प्राविधिक शिक्षालयबाट ‘प्लस टु’ पास गरेपछि नै यो पेशा सुरु गरेका हुन् ।  पशु डाक्टर बनेर जागिर गर्ने उनको उद्देश्य छैन । एउटा पसल खोल्ने र पशु दाना पनि आफै उत्पादन गरी बिक्रीवितरण गर्ने, किसानलाई प्रोत्साहन गर्ने, माछापालन तथा बिक्रीवितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

 

 

You might also like

Comments are closed.