नेपालको हिमाली भेगको निख्खर स्वाद बोकेको उत्कृष्ट मदिरा ‘सारङ्गी’ नेपाली बजारमा

काठमाडौं । नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी बुधबारदेखि बजारमा उपलब्ध भएको छ । नेपालीहरुको महान चाड बडा दसैंको पूर्व सन्ध्यामा नेपाली उपभोक्ताहरुका लागि यो भन्दा विशिष्ट उपहार अरु के नै हुन सक्छ र ?

सारङ्गी, एक त्यस्तो स्वादको मदिरा हो जुन हिमाली भेगको सुमधुरताबाट प्रेरित भएको छ र यसमा हिमालकै सूर, स्वाद र जोश समेटिएको छ । यो प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा विद्यमान छ । परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारङ्गी मदिराको स्वाद उच्चकोटीको छ । हिमालको काखबाट झरेको निर्मल, कंचन जलका साथमा आयातित उत्कृष्ट गुणस्तरको माल्टसँग सर्वोकृष्ट अन्नहरु मिश्रण गरेर अनुभवी एवं दक्ष मास्टर ब्लेण्डर्सले यो मदिरा उत्पादन गरेका छन् ।

बजारमा बिक्री शुभारम्भका अवसर नेचुरल स्प्रिट्स नेपालका प्रमुख कार्यकारी अधिकृत परमानन्द पाण्डेले भने “सारङ्गी नेपालको मौलिक एवं आफ्नै पहिचान हो । यही पहिचानलाई थप नयाँ उचाईमा पु¥याउने लक्ष्यका साथ हामीले स्वदेशमा स्वदेशकै प्रचलित विधि र परम्परालाई आधार मान्दै यो नयाँ मदिरा उत्पादन गरेका छौं । यो यही उत्पादन समुहका मदिराहरु मध्ये सबैभन्दा उत्कृष्ट र उच्च किसिमको मदिरा भएको मदिराका शौखिनहरुले महसुस गर्नु हुनेमा हामी विश्वस्त छौं । यो मदिरा नै हो, यसैले उपभोक्ता वर्गलाई म हदभन्दा बाहिर नगई यसको आनन्द लिन हुन समेत आग्रह गर्दछु ।”

footwear zone

हरेक चुस्किमा घनीभूत स्वादको अनुभूति दिलाउने सारङ्गीले मानिसहरु बीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन, गहन वार्तालापद्वारा सही निर्णयमा पुग्न र हर भेटपछि खुशीको प्रत्याभूति प्रदान गर्न मद्दत गर्नेछ । नेपाली बजारमा सारङ्गी ७५०, ३७५ र १८० मिलि प्याकमा उपलब्ध छ ।

You might also like

Comments are closed.