नेचर सुपर मार्केटले ल्यायो ‘बम्पर अफर’ योजना, ग्राहकलाई उपहार नै उपहार

काठमाडौं । ग्रोसरी, खाद्यान्न तथा सम्पूर्ण दैनिक उपभोग्य सामग्री बिक्री वितण गर्दै आइरहेको नेचर सुपर मार्केट प्रा.लि.ले दसैं, तिहार, नेपाल संवत, छठ पर्वलाई लक्षित गरी विशेष छुटसहितको बम्पर अफर ल्याएको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रा.लि.ले अफर ल्याएको अध्यक्ष जनक धामीले जानकारी दिए ।

अफर अन्तर्गत ४ हजार १ सय रुपैयाँ भन्दा बढीको सामान खरिदमा एक केजी चिनी र एक केजी नुन उपहार प्रदान गरिनेछ । ६ हजार १ सय रुपैयाँ भन्दा बढीको सामान खरिदमा एक लिटर निलकमल सनफ्लावर तेल उपहार प्रदान गरिनेछ । ८ हजार १ सय रुपैयाँ भन्दा बढीको सामान खरिदमा एक लिटर निलकमल सनफ्लावर तेल र एक केजी ग्यालेक्सी जम्बो बासमती चामल उपहार प्रदान गरिनेछ ।

त्यसैगरी ११ हजार १ सय रुपैयाँ भन्दा बढीको सामान खरिदमा ५ केजीको हरपल रिचराइस उपहार प्रदान गरिनेछ । यो योजना घटस्थापनाको दिनदेखि कात्तिक २५ गतेसम्म लागु हुनेछ । नेचर सुपरमार्केटको मुख्य शाखा मैतीदेवी र नरेफाँट दुवै शाखामा यो योजना लागु हुनेछ ।

footwear zone

‘यो योजनाबाट नेचरका सम्पूर्ण ग्राहकहरु तथा मेम्बरहरु प्रत्यक्ष लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । स्थापनादेखि ग्राहक तथा उपभोक्ताहरुको माया र स्नेहबाट चाडपर्व लक्षित गरी विभिन्न खालका ग्राहकमुखी अफरहरु प्रालिले ल्याउँदै आएको र आगामी दिनमा यस्ता अफरहरुलाई निरन्तरता दिइने धामीले जानकारी दिए ।

You might also like

Comments are closed.