रोयल पेन्ट्सको दसैं तिहार अफर अन्तर्गत पल्सर बाइक, टिभी र स्मार्ट फोन जित्न सकिने

काठमाडौं । रोयल पेन्ट्सले दसैं, तिहार, छठ लगायतका पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । ‘रोयल पेन्ट्सको बहार, बम्परमा पल्सर उपहार’ योजना अन्तर्गत भाग्यमानी एक जना ग्राहकले १५० सिसीको पल्सर मोटरसाइकल उपहार जित्नेछन् ।

अफर अन्तर्गत ५० हजार रुपैयाँ भन्दा माथिको पेन्ट्स खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन् । सम्पूर्ण ग्राहक मध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यमानी ग्राहकलाई बम्पर उपहारमा पल्सर बाइक उपहार प्रदान गरिने चिफ फाइनान्स अफिसर चिरञ्जिवी पाण्डेले जानकारी दिए ।

त्यसैगरी ५ जनाले ४३ इन्चको भिडियोकन टिभी उपहार जित्नसक्नेछन् । १० जनाले स्मार्ट फोन उपहार प्राप्त गर्ने पाण्डेले जानकारी दिए । गुणस्तर चिन्ह प्राप्त रोयल पेन्ट्स सन् २०१० देखि नेपाली बजारमा बिक्री वितरण भइरहेको छ ।

footwear zone

६ सय डिलर नेटवर्कमार्फत देशभरको बजारमा रोयल पेन्ट्स बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । ‘घर, भवन तथा अन्य संरचना रंगाउनका लागि रोयल पेन्ट्सको माग बढ्दो छ,’ पाण्डेले भने, ‘रोयल पेन्ट्स लोकप्रिय ब्राण्डका रुपमा स्थापित भएको छ ।’

You might also like

Comments are closed.