सुर्खेत । वरिष्ठ सौन्दर्यकर्मी सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसको नयाँ शाखा सुर्खेतमा सञ्चालनमा आएको छ । दसैं घटस्थापनाको दिन बिहीबार शाखाको उद्घाटन गरिएको छ । सौन्दर्यविद महराले एक कार्यक्रमबीच शाखाको उद्घाटन गरेकी हुन् ।
बिगत दुई दशक भन्दा बेसी समयदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी महाराले सञ्चालन गर्दै आएको फेसियल हाउसलाई वीरेन्द्रनगर सुर्खेतको न्यूरोडमा सञ्चालनमा ल्याइएको हो । स्थानीय युवा व्यापारीहरु विशाल ढकाल, उपेन्द्र खडका, डम्मर गौतम र मानव बम सहितको टिमको व्यवस्थापनमा शाखा सञ्चालनमा आएको हो ।
शाखा उद्घाटनका अवसरमा बोल्दै महराले फेसियल हाउस सौन्दर्य क्षेत्रमा स्थापित ब्राण्ड बनेको बताउँदै शाखाबाट पनि स्तरीय सेवा प्रदान हुनेमा विश्वस्त रहन आग्रह गरिन् । सुर्खेतमा फेसियल हाउसको पाँचौं शाखा खुलेको हो । ‘अन्य शाखाबाट पाउने जस्तै सम्पूर्ण सेवा सुर्खेत शाखाबाट यस क्षेत्रका सेवाग्राहीले प्राप्त गर्नुहुनेछ,’ उनले भनिन् । फेसियल हाउसको मुख्य शाखा काठमाडौं मलमा रहेको छ भने अन्य शाखाहरु सिटिसी महल, चावहिल गणेशस्थान र पोखरामा छन् ।

फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् । ‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १३ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरिन् । ‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको मात्रै हेर्नुहोस् । जहाँ मेरो (सुस्मा महरा) फोटो समेत देख्न सकिन्छ ।’




Comments are closed.