हाम्रो सहयोगी सहकारीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पोखरा । दसैं, तिहार, नेपाल संवत, छठ लगायतका पर्वको अवसरमा हाम्रो हसयोगी बचत तथा ऋण सहकारी संस्थाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले आर्थिक समृद्धिका लागि सहकारी क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको बताइन् ।

सहकारीका अध्यक्ष शुक्रराज कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, सहकारीका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, सल्लहकार राधिका साही योगी, नविनकिरण भुषाल, रिलायन्स फाइनान्सका प्रवन्धक प्रकाश पौडेल, सहकारीका उपाध्यक्ष सुवास ढुङ्गाना, सचिव लोकेन्द्र कुमार राई लगायतले बोलेका थिए ।

footwear zone

कार्यक्रममा नवआगन्तुक सेयर सदस्यलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.