काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको मूल्यमा एक रुपता ल्याउन माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले मोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरुको बिक्री वितरणमा स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने बताएको छ ।
मोबाइल र इलेक्ट्रोनिक्स सामानको मूल्यमा एक रुपता ल्याउनुपर्ने तथा उपभोक्ता संरक्षण ऐन २०७५ को कानुनी व्यवस्थाको परिपालना गर्न उपभोक्तालाई प्रदान गरिने वारेन्टीको सुनिश्चित्ताता तथा उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने गरि देशभरीका सम्पूर्ण जिल्लाहरुमा कम्पनीले आ–आफ्नो सेवा केन्द्र स्थापना गर्नुपर्ने महासंघको माग गछ ।
महासंघका अध्यक्ष भरत भट्टाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कम्पनीहरु, अनलाइन प्लेटर्फम लगायतका विभिन्न संस्थाहरुले प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ को कानुनी व्यवस्थाले निर्दिष्ट गरेको स्वच्छ प्रतिस्पर्धालाई खलल पुर्याउने गरी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा बजारमा एकाधिकार कायम गर्ने बदनियतका साथ विभिन्न डिस्काउन्ट, अफर, क्यास ब्याकको बहानामा नेपालभर छरिएर रहेका रिटेल मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरुको व्यवसाय नै धरापमा पारी ठुलो आर्थिक क्षती समेत व्यहोर्नु परेको छ ।’






Comments are closed.