काठमाडौं । मनकामना दर्शन प्रा.लि.ले दसैंमा २ दिन मात्रै केबलकार सेवा बन्द गर्ने भएको छ । असोज २८ र २९ गते (नवमी र दशमी) मात्रै सेवा बन्द रहने प्रा.लि.ले जनाएको छ ।
दसैंको भोलिपल्ट असोज ३० गते पुनः केबलकार सेवा सुरु हुने भएको छ । दसैंको अवसरमा मनकामना दर्शन गर्न जाने दर्शनार्थीको भिड लाग्ने भएकाले सेवा २ दिन मात्रै बन्द गरेर अन्य दिन नियमित सञ्चालन हुने प्रा.लि.ले जनाएको छ ।






Comments are closed.