सिद्धार्थ हस्पिटालिटीको सेवा अब कपिलवस्तुमा पनि

कपिलवस्तु । सिद्धार्थ हस्पिटालिटीले कपिलवस्तु स्थित लुम्बिनी ग्रीन रिर्सोट संग व्यावसायीक साझेदारी गरी सेवा सुरु गरेको छ । कपिलवस्तुको चन्द्रौैटा बजार क्षेत्रमा खोलिएको उक्त रिसोर्ट तीन बिगाहा क्षेत्रफलमा ५० करोड लगानी गरी निमार्ण भएको छ । यस रिसोर्टमा ३६ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, सोैना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान, स्विमिङ पुल पर्याप्त पार्किङको सुविधा छ ।

२२ विगाहा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बिचमा बनेको यस रिसोर्टमा गा्रहकहरुले विभिन्न प्रकारका वाटर गतिबिधिहरु जस्तैः लाईभ फिसिङ ,मोटर बोटिङ, वाटर डान्सिङ फिस BBQ साथै आफ्नै अर्गानिक फार्ममा उत्पादन गरिएका बिभिन्न उत्पादन जस्तैः बिभिन्न प्रकारका माछाका परिकार, लोकल कुखुराका परिकार, खसी बोकाका परिकार, हासका परिकार उपलब्ध हुनुका साथै आँफैले उत्पादन गरेको साग सब्जी र खध्यान्नका परिकारहरु उपलब्ध गराइने छ । साथै उक्त रिसोर्टले पश्चिम नेपालका प्रमुख पर्यटकिय क्षेत्र र लुम्बिनी देखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि उल्लेख्य भूमिका खेल्ने होटलका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

हस्पिटालिटी क्षेत्रमा नेपालमानै चर्चा कमाएको सिद्धार्थ हस्पिटालिटीले नेपालको विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गरेको छ । होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरु सञ्चालन गर्दै आएको सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर कैलालीको टिकापुर, कर्णाली चिसापानी, महेन्द«नगर, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बोैद्घ, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको विर्तामोड, लगायतका स्थानहरुमा २४ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । गु्रपले देशका अन्य प्रमुख शहरहरुमा पनि व्यवसाय विस्तार गर्ने तयारी गरि रहेको छ । सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चार तारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा छ । पर्र्र्यटकिय स्थल ईलामको फिक्कल र जुम्लामा पनि सिद्धार्थले आफ्नो सेवा विस्तार गर्न लागेको बताइएको छ ।

footwear zone

यस ग्रुपले नेपाली, इन्डियन, कन्टिनेन्टल, एसियन, चाइनिज लगायतका विभिन्न परिकार यस क्षेत्रमा पनि उपलबध गराई यहाँका खानाका पारखीहरुलाई उचित मूल्यमा सन्तुष्टि प्रदान गर्ने योजना लिएको छ

“Hospitality from the heart” (हृदयदेखि आतिथ्य सत्कार) भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै स्वाद, स्वच्छन्दता र उत्कृष्ट सेवा यो कम्पनीका प्रमुख विशेषता हुन् ।

नेपालको पूर्वी, मध्यपश्चिम तथा सूदुर पश्चिम क्षेत्रका पर्यटकलाई पश्चिम नेपालको भ्रमण गराई यस क्षेत्रको पर्यटकीय सुन्दरताको प्रचार देशैभरि फैलाउने योजना रहेको छ । यस कम्पनिले देशभरि आफ्नो सेवा विस्तार गरी छिट्टै विदेशमा समेत विस्तार गर्ने तयारी रहेको कम्पनिका प्रमुख कार्याकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

लामो समय देखी पर्यटन प्रबर्धनमा पछाडि परेको यस कपिलवस्तु जिल्ला सुद्दोधन राजाको दरबार, तिलौराकोट, कपिलमुनी ऋृषिको महत्तव र तपस्या स्थल, साथै ठुला ठुला ताल र अन्न उत्पादनको भण्डार रहेको र अन्य अपार सम्भावना बोकेको हुनाले अब यस जिल्लालाई पर्यटकिय हबको रूपमा विकास गर्नुपर्ने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

You might also like

Comments are closed.