नयाँ हिरो माएस्ट्रो एज स्कुटर नेपाली बजारमा, यस्ता छन् बिशेषता

काठमाडौं । नेपाली बजारमा नयाँ हिरो माएस्ट्रो एज लन्च भएको छ । नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले बिहीबार एक औपचारिक कार्यक्रममार्फत सो स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।

नयाँ माएस्ट्रो एज ११० मा फस्र्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, फुल डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न बाई टर्न नेभिगेसन सहित नयाँ सार्पर डिजाइन छ ।

फुल डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटीले यसलाई प्राविधिक रुपमा उन्नत गराएको छ । टर्न बाई टर्न नेभिगेसनले सवारी चलाएर अगाडि बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्छ ।

footwear zone

आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्छ भने ग्राहकको सुविधाको लागि वाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ । नयाँ हिरो माएस्ट्रो एज ११० मा नयाँ आकर्षक स्लिकर डिजाइन भएको र सेगमेन्टकै पहिलो शक्तिशाली एलईडी प्रोजेक्टर हेडलाइट भएको कम्पनीको भनाइ छ । स्कुटरको अगाडिको भाग सार्प बनाइएको छ ।

नयाँ माएस्ट्रो एज ११० मा बीएस४ अनुरुपको ११० सीसी इन्जिन छ, जसले ७५०० आरपीएममा ८ बीएचपी पावर र ५५०० आरपीएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ ।

नयाँ हिरो माएस्ट्रो एज ११० को मूल्य २ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यो म्याट रेड र ब्लु गरी दुई कलरमा उपलब्ध हुनेछ ।

 

You might also like

Comments are closed.