नाडा अटो सो फागुन ९ देखि १४ सम्म

 

जनकपुर । नाडा अटो सो आगामी फागुनमा हुने भएको छ । नाडाले वर्षेनी आयोजना गर्ने अटो सो कोभिडका कारण २०२० र २०२१ मा हुन सकेको थिएन ।

परिस्थिति सहज बन्दै गएकाले नाडाले फागुन ९ देखि १४ गतेसम्म काठमाडौं भृकुटी मण्डपमा नाडा अटो सो गर्ने निर्णय गरेको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

footwear zone

जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभाको अवसरमा शुक्रबार बोल्दै अध्यक्ष दुलालले काठमाडौं बाहिर संस्थागत सदस्यहरुको पहलमा आयोजना हुने अटो सो लाई पनि नाडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.