जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा पुनः शाह

मिथिला । जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः तेजनारायण शाह (सन्तोष) निर्वाचित भएका छन् । उनी यस अगाडि तदर्थ समितिको अध्यक्ष थिए ।

शनिबार धनुषाको ढल्केबरमा आयोजित प्रथम साधारणसभाले शाहको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा केदार अग्रवाल, महासचिवमा किशोर भट्टराई, कोषाध्यक्षमा सञ्जितराज श्रेष्ठ र सचिवमा सुनिलकुमार सिंह छन् ।

सदस्यहरुमा बजरंग यादव, सुरेन्द्र शाह, प्रदीप शाह र चन्द्रशेखर अग्रवाल रहेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा तथा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडा पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा साधारणसभाको उद्घाटन भएको थियो ।

footwear zone

प्रदेश २ को अटोमोबाइल क्षेत्रको विकास तथा व्यावसायिक हकहितका क्षेत्रमा आफूले काम गर्ने नवनिर्वाचित अध्यक्ष शाहले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अटोमोबाइल क्षेत्रमा प्रदेश २ मा जानकी अटोमोबाइल पहिलो संस्था हो,’ उनले भने, ‘अब यस क्षेत्रमा अटो व्यवसायको हकहितका क्षेत्रमा हामीले काम गर्नेछौं ।’

You might also like

Comments are closed.