साथीमार्टले काठमाडौ टोखामा नयाँ आउटलेट खोल्दै

काठमाडौं। सुरु भएको एक वर्ष नपुग्दै मेचीदेखि महाकालीसम्म ७ दर्जन आउटलेट खोलेको साथीमार्टले काठमाडौको टोखामा नयाँ आउटलेट सन्चालनमा ल्याउने भएको छ ।

सन्चालनमा आउने टोखा आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्व (कोको मोडल)मा रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । आउटलेट काठमाडौंको उपत्यकामा रहेकोले ब्रान्ड भ्यालु तथा स्टोरको बिक्रीमा समेत साकरात्मक प्रभाब पर्ने पोख्रेलको अपेक्षा छ । मार्ट सत्र सय पचास बर्गफिटको हुने बताइएको छ ।

स्टोरमा ग्राहकले ३५ प्रतिशत सम्मको आकर्षक छुट फल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरि ग्राहकलाई सहुलियत दिइने बताइएको छ। ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप बिषेशता रहने छन् । साथीमार्टका आफ्नै उत्पादन पनि बिशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ ।

footwear zone

होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । करिब १ करोड ५० लाखको लगानीमा सुरु गर्न लागिएको मार्ट कार्तिक महिना भित्र सन्चालनमा आउने पोख्रेलले जानकारी दिए ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान बिशेष छुटमा उपलब्ध हुने बताइएको छ। साथीमार्टको मोबाइल एप डाउनलोड गरि लोयल्टी डिस्काउन्ट र रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने पोख्रेलले बताए ।

पछिल्लो ३ महिनामा संस्थाकै स्वामित्वमा इटहरी र मैतिदेवीमा नयाँ सुरु भएका छन् । एफीलीएट योजन समेत सुरु हुने भएकाले केही महिनामै काठमाडौंका हजरौं युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

You might also like

Comments are closed.