लेखनाथ । कास्कीको लेखनाथमा रहेको जय कालिका प्लाष्टिक उद्योग प्रा.लि. पाँचौं वर्षमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका ३२ मा रहेको जय कालिका प्लाष्टिक उद्योग पानी ट्याङ्की बनाउने गण्डकी प्रदेशकै पहिलो कम्पनी हो ।
वार्षिकोत्सवको अवसरमा उद्योगका प्रवन्ध निर्देशक रमेश खाँण ठकुरीले सम्पूर्ण ग्राहक, डिलर, कर्मचारी लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् । ‘राम्रो उत्पादनसँगै ग्राहकहरुको अथाह माया, डिलरहरुको विश्वास, कर्मचारीहरुको लगनशीलताबाट नै हामीले सफलता प्राप्त गरेका हौं,’ उनले भने ।
कम्पनीले २ सय लिटरदेखि २ हजार लिटरसम्मका पानी ट्याङ्की उत्पादन गर्दै आइरहेको छ । हरियो, निलो, पहेलो र आवश्यकता अनुसार अन्य रंगका ट्यांकी उत्पादन हुन्छन् । ‘डबल लेयर, ट्रिपल लेयरका ट्यांकी बनाउछौं । फोम ट्याङ्क पनि बनाउदै आइरहेका छौं । भारतको एफडिए एप्रुभ्ड कच्चा पदार्थ प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘भारतबाट नै कच्चा पदार्थ आउँछ । खानेपानीको लागि उपयुक्त ट्याङ्की हो ।’

उद्योगको मुख्य बजार गण्डकी प्रदेश नै हो । कास्कीको लेखनाथ, पोखरा तथा गण्डकी प्रदेशका बेनी, बागलुङ, कुस्मा, स्याङ्जा, वालिङ, लमजुङ, गोर्खा, तनहुँ, नवलपुर लगायतका जिल्लामा उत्पादनहरु पुग्ने गरेको उनले जानकारी दिए ।

‘गण्डकी प्रदेश बाहिर पनि विभिन्न जिल्लामा हाम्रो उत्पादन जान्छन्,’ उनले भने, ‘पाल्पा, चितवन, हेटौंडा, बुटबल, काठमाडौं, भक्तपुर लगायतका स्थानमा बिक्री वितरण गरिरहेका छौं । सुर्खेत, डडेलधुरा, धनगढीबाट पनि माग आइरहेको छ । ढुवानी खर्च धेरै लाग्ने भएका कारण ढुवानी गर्न सकेका छैनौं । बजारमा जेके ट्यांकको माग बढ्दो छ ।’

र यो पनि




Comments are closed.